Logo

राजदरवार त्यागेका बेलायती राजकुमार ह्यारीले सुरु गरे यस्तो जागिर



एजेन्सी । राजघराना परिवारलाई पनि जिवन चलाउन पैसाको आवश्यकता पर्छ । बेलायती राजघराना त्याग गरेका राजकुमार ह्यारीले जिवन चलाउन अमेरिकामा नयाँ जागिर सुरु गरेका छन् । उनी राजघराना छोडेर वेलायतवाट वाहिरिएका थिए ।

क्यालिफोर्नियास्थित सिलिकन भ्यालीको एक नयाँ प्रविधि कम्पनीमा उनले कार्यकारी अधिकृतको जागिर सुरु गरेको सिएनएनले जनाएको छ ।

स्टार्टअप कम्पनी बेटरअपमा उनी चिफ इम्प्याक्ट अफिसरको पदमा भर्ना भएका हुन् । बेटरअप कम्पनी तथा राजकुमार ह्यारीका प्रवक्ता समेतले उक्त कुराको पुष्टि गरेका सीएनएनले उल्लेख गरेको छ ।

बेटरअपले ग्राहकहरुलाई प्रशिक्षण तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँदछ । कम्पनीको वेबसाइटमा ह्यारीलाई कम्पनीको नेतृत्व तहमा सूचिकृत गरिएको छ । जहाँ उनको बारेमा उल्लेख गर्दै उनी मानवतावादी, सैनिक भेट्रान, मानसिक स्वास्थ्य पैरवीकर्ता तथा वातावरणकर्मी भएको बताइएको छ ।

राजकुमार ह्यारी पत्नी मेघनले अमेरिकी टेलिभिजन सेलिब्रेटी ओप्राह विन्फ्रेलाई आफूहरु बेलायती राजपाठ छाडेको सम्बन्धमा दिएको विस्तृत अन्तर्वार्ताको केही हप्तामै ह्यारीले नयाँ जागिर सुरु गरेका हुन् । राजपरिवारका रुपमा रहँदा भोग्नुपर्ने मानसिक तनाव र त्यसले मानसिक स्वास्थ्यमा पार्ने प्रभावका विषयमा पनि उनीहरुले बोल्ने गरेका छन् ।

बेटरअप कम्पनीमा ह्यारीको भूमिका प्रडक्ट रणनीति सम्बन्धी निर्णय तथा च्यारिटी योगदानका विषयमा आफ्नो राय दिनु र मानसिक स्वास्थ्यका विषयमा सार्वजनिक रुपमा पैरवी गर्नु हुनेछ ।

उक्त कम्पनीमा राजकुकमार ह्यारीको तलब कति हुनेछ भन्ने बारेमा चाहिँ केही खुलाइएको छैन ।

कम्पनीका सीईओ एलेक्सी रोबिचउक्सले वाल स्ट्रिट जर्नलसँग कुराकानी गर्दै ह्यारीको भूमिका अर्थपूर्ण रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता