चीनमा १० करोड व्यक्तिलाई कोरोना खोप दिइयो
एजेन्सी । चीनमा आइतबारसम्म कोरोनाको खोप लगाउनेको सङ्ख्या १० करोडभन्दा माथि पुगेको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त संयन्त्रले आइतबार एक पत्रकार सम्मेलनमार्फत १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी गराइएको हो ।
राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्कअनुसार अहिलेसम्म १० करोड २४ लाख दुई हजार चिनियाँहरूले खोप लगाएका छन् । चीनले मार्च २४ पछि दैनिक कोरोनाको खोप सेवा अभियान थालेपछि दैनिक ३० लाख मात्रा खोप उत्पादन गर्दै आएको छ ।