Logo

रेशम चौधरीले जेलवाटै लेखे पत्रकारलाई यस्तो पत्र



काठमाडौ । टीकापुर घटनामा दो षी ठहर भै जेल सजाय भोगीरहेका रेशम चौधरीले जेलवाटै आफ्ना बारेमा आएका समाचार प्रति चित्त दुखाउँदै पत्र लेखेका छन् । उनले आफु प्रति सदासयता राख्ने राजनीतिक दलका नेता प्रति भने खुसी ब्यक्त गरेका छन् ।

उनी टिकापुर घटनामा जन्मकैद सजाय तोकिएका जनता समाजवादी पार्टीका नेता एवं निलम्बित सांसद हुन् । तर उनले पत्रमा आफु सांसद नै भएको भन्दै आफ्नो मर्यादाको ख्याल राखेर आफुप्रति नकारात्मक टिप्प्णी गर्ने सञ्चार माध्यमप्रति त्यस्तै टिप्प्णी गर्न नसक्ने उल्लेख गरेका छन् ।

हाल डिल्लीबजार कारागारमा रहेका उनले विभिन्‍न सञ्‍चारमाध्‍ममा आफ्नाबारे गलत कुरा आइरहेको भन्दै गुनासो गरेका छन्। साथै आफूप्रति आफ्नो तथा अन्य पार्टीका नेताले देखाएको सदाशयताप्रति उनले आभार प्रकट गरेका छन्।

उनले सञ्चारमाध्यमप्रति गुनासो गर्दै लेखेका छन्, म जेलमा छु । जेलमा रहेको ब्यक्तिको बारेमा बाहिर भ्रामक र कपोकल्पीत कुराहरु ल्याउनु बिल्कुल गलत कुरा हो । बाहिर केही मिडियाहरुले गरेको गलत प्रचार प्रति मेरो ध्यानआकृष्ट भएको छ । ‘कृपया १ जथाभावी, कपोलकल्पित र भ्रामक समाचार लेखेर मलाई दुःखी नबनाइदिनुहोला।’

उनले आफ्नो पार्टी सरकारमा रहने वा नरहने कुराको निर्णय आफुले गर्ने नभई पार्टीले गर्ने भएकाले त्यसका लागी नेताहरुले पहल गरिरहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता