Logo

म्यानमारमा हिंसात्मक झडप:एकैदिन ८९ जना प्रदर्शनकारीको निधन



एजेन्सी । म्यानमारमा शनिबार भएको प्रदर्शनकारी र सुरक्षाफौजबीचको झडपमा कम्तिमा ८९ जना प्रदर्शनकारीको मृत्यु भएको छ । त्यहाँको राजनीतिक कैदीहरूका लागि सहयोगी संस्था (एएपीपी)का अनुसार शनिबार साँझको रिपोर्टअनुसार एकैदिन ८९ जना प्रदर्शनकारीहरूको निधनभएको छ ।

निधन हुनेहरुमा बालबालिका समेत रहेका छन् । शसस्त्र बल दिवसका दिन प्रदर्शनकारी र सुरक्षाफौजबीच भीषण झडप भएको बीबीसीले जनाएको छ । अमेरिका, ब्रिटेन र युरोपियन युनियनले उक्त हिंसाको भर्त्सना गरेका छन् ।

बेलायतका राजदूत डान चागले विज्ञप्ति जारी गर्दै भनेका छन् ‘निशस्त्र जनतालाई गोली हानेर म्यानमारको सुरक्षा फौजले आफ्नो प्रतिष्ठा गुमाइसकेको छ ।’ त्यस्तै अमेरिकी राजदूतावासले पनि त्यहाँको सुरक्षाफौजले ‘निशस्त्र नागरिकहरुलाई’ मारिरहेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता