पहिले ६ हजार ऋण दिए, त्यसको ब्याज भन्दै सोलुखुम्बुमा एक पुरुषले ती महिलालाई बारम्बार यस्तो गर्थे

जिल्लाको दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि शो ष ण मा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै शोषण गर्ने गरेको महिलाको भनाइ छ ।
सल्लेरीमा भेट भएकी ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताइन् । आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको महिलाको भनाइ छ ।
“ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो”, भावुक हुँदै महिलाले भनिन्, “आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ ।”
घरायसी कामसँगै तीनरचार दिनको अन्तरमा उनीमाथि अनैतिक काम समेत भएको उनको भनाइ छ । “ऋणको ब्याजस्वरूप काम गर्नुपर्ने”, महिलाले भनिन्, “दिनभरि कामको थ’कानसँगै उसलाई चाहना भए जुनैबेला पनि आफू तयार हुनुपर्ने मेरो बा’ध्यता थियो ।”
आफूमा यस्तो कुराको इच्छा छैन भन्दा ज्या न मा र्ने सम्मको ध म्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको उनको भनाइ छ । गाउँघरमा जो कोहीलाई ध म्की दिएर खड्गबहादुरले श्रम शो ष ण गर्ने गरेको ती महिलाको आरोप छ । ती पुरुषले पनि पत्रकारसँग कुरा गरेका छन् । राईले भने आफूले त्यस्तो कुनै पनि हालतमा नगरेको बताएका छन् । सांकेतिक तस्वीर