Logo

आज दिनभरको मौसम कस्तो रहला ?



काठमाडौं – मंगलबार देशका केही स्थानमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । अहिले देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा सामान्य देखि आंशिक बदलीरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

आज दिउँसोपछि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने प्रदेश १ का थोरै स्थानहरु हल्का देखि मध्यम तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमाआंशिक देखि सामान्य बदली रहीरही प्रदेश १ का एक दुइ स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता