Logo

प्रदेश दुईका मुख्यमन्त्रीका नीजि सुरक्षाकर्मी , नेपाल प्रहरीका असईको यसरी भयो निधन



जनकपुरधामबाट एक दुखद समाचार आएको छ । प्रदेश दुईका मुख्यमन्त्रीका नीजि सुरक्षाकर्मीको निधन भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एक ट्रकले ठ क्क र दिँदा प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओको घ ट नास्थलमै मृत्यु भएको हो । धनुषाको मिथिला नगरपालिका–१० स्थित लालगढमा रहेको मोडल अस्पताल नजिक शुक्रबार बिहान ट्रकले ठ क्क र दिएको थियो ।

प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरर्साइकललाई ट्रकले ठ क्क र दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक मिश्रले असई कापरको ड्युटी सकेर घर फर्कने क्रममा ट्रकले ठ क्क र दिँदा मृत्यु भएको हो । मृ तक असई कापरको श व जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको धनुषा प्रहरीले जनाएको छ । पछिल्लो समय यस्ता घटना बढेका छन् । सडक दुर्घटनामा मृत्युपनि पहिलेको तुलनामा धेरै हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता