Logo

फेरि कोरोनाकै कारण नेपालमा मान्छे म’र्न थाले, भारत गएर आएकी झापाकी एक महिलाको कोरोनाले निधन



नेपालमा फेरि कोरोना फैलने डर बढ्दै गएको बेला झापामा एक महिलाको कोरोनाकै कारण निधन भएको छ । झापाको कन्काइ नगरपालिका–३ सुरुङ्गामा कोरोनाबाट ती महिलाको निधन भएको छहो ।

एक ३९ वर्षीय महिलाको कोरोनाका कारण निधनभएको हो । सुरुङ्गा बजारमा पसल गरी बस्ने उनको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा निधन भएको थियो।

१० दिन अघि मात्र ती महिला भारत आफन्तकोमा पुगी घर फर्किएकी थिइन् । कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले दिएको जानकारी अनुसार उनको भारतबाट फर्केपछि अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।

भारतबाट घर फर्किएसँगै श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई बिर्तामोडको बिर्ता सिटी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा कोरोना पुष्टि भए सँगै थप उपचारका लागि बिएण्डसी रेफर गरिएको थियो ।

उपचारकै क्रममा कोरोना सं क्र मि त महिलाको बिहिबार निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता