Logo

जब बाईक चेकिङमा सवारीकर्ताको चाँबी खोसेर निधारमा घुसाइदिएपछि‘



काठमाडौँ । भारतको उत्तराखण्ड पुलिसले पुलिस डिपार्ट नै बदनाम गराउने गरी एउटा घटना घटाएको छ । बाईक चेकिङको समयमा सवारीकर्ताको चाँबी खोसेर निधारमा ठोकीदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

रुद्रपुर सिटी पेट्रोल युनिट (सीपीयू)ले एक बाइक चालक युवकको निधारमा चाँबी घुसाइदिएको हो । उक्त घटना पछि आक्रोशित स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका थिए ।

यो पनि, कोरोना सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी

भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ ।

भारतमा पछिल्लो विवरणअनुसार थप ४० हजार ७१५ जना नयाँ सङ्क्रमित भएका छन् भने थप १९९ जनाको कोरोनाका कारण निधन भएको छ । गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा भारतमा अहिले ४० हजारभन्दा बढी पुगेको हो ।

अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरुको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ । नयाँ निर्देशिका मङ्गलबार जारी गरिएको भए पनि लागू भने अप्रिलदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

निर्देशिका लागू हुन थालेपछि देशभरी नै परीक्षणको दायरासमेत अझ बढाइने उनीहरूको भनाइ छ । गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा देशका सबै भागमा कोरोनभाइरस विरुद्ध अपनाउनुपर्ने सबै मापदण्ड पालना गर्न÷गराउन सबैलाई आग्रह गरिएको छ ।

कोरोनाको परीक्षण, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउने लगायतका आधारभूत स्वास्थ्य सतर्कताहरू पनि पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता