Logo

अब प्रधानमन्त्री ओलीको फोटो र भिडियो मोवाइलले खिच्न नपाइने



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर मोवाइलले खिच्न नपाइने भएको छ । सार्वजनिक कार्यक्रममा सहभागी भएको अवस्थामा पनि ओलीको तस्बिर मोवाइलले खिच्न नपाइने भएको हो ।

सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम थियो ।

उनी पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रमका लागि सहभागी हुन जान लागेका थिए ।

कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् ।

कार्यक्रममा सहभागी कसैलाई पनि मोवाइलवाट फोटो र भिडियो खिच्न नपाइने उनले जानकारी पाएको बताएका छन् । उनले पाएको जानकारी अनुसार सबैलाई फोटो र भिडियो नखिच्न पनि सचेत गराएका थिए ।

प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी गराएको भन्दै उनले सबैलाई आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता