Logo

लकडाउनका बारेमा सरकारको यस्तो छ रणनीति, अघिल्लो पटककको गल्ती समेत नदोहोरीने प्रतिवद्धता



काठमाडौ । छिमेकी मुलुक भारतमा फेरी सुरु भएको कोरोनाले नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ । दिनहुँ कोरोना संक्रमितका संख्या बढ्दै गएका छन् ।

पछिल्लो तीन दिन यता नै संक्रमितको संख्या बढ्दै गएको छ । अघिल्लो चरणको कोरोना महामारीमा गरिएको लामो लकडाउनका कारण सर्वसाधारणको जनजिवन अस्त ब्यस्त भएको थियो ।

फेरी कोरोनाको जोखिम संगै लकडाउन हुने हो की भन्दै सर्वसाधारणमा कौतुहलता जागेको छ । यही आम चासोका बीच सरकार भने पहिलेको जस्तो लकडाउन नगर्ने पक्षमा देखिएको छ ।

स्वास्थ्यविद्हरुले पनि पहिलाको जस्तै गल्ती नगर्न सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै जाने तर, लकडाउन नै भने नगर्ने मुडमा सरकार देखिएको हो ।

सरकार तत्काल लकडाउन गर्ने भन्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमामा सतर्कता अपनाउने र हवाइ उडानमा थप योजनावद्ध नीति लागू गर्नुका साथै क्वारेन्टिनको उचित व्यवस्थापन र समग्र स्वास्थ्य प्रणालीको सही परिचालनमा सरकारको जोड रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता