Logo

नेपाल सहकारी बैंक स्थापना  प्रक्रिया अघि बढाउनका लागि  राष्ट्र बैंकमा आवेदन



काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडले बैंक स्थापनाको प्रक्रिया अघि बढाउनका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएको छ । नेपाल सहकारी बैंकका समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बैंक स्थापना गर्न स्वीकृत प्रदान गर्न आग्रह गर्दै पत्र बुझाएका छन् ।

बैंक दर्ताको कानुनी पक्रिया बमोजिम सहकारी विभागले नेपाल राष्ट्र बैंकमा पत्र पठाएपछि सहकारी बैंकको टोलीले गर्भनरलाई भेटेर पत्र बुझाउँदै बैंक स्थापनाको बारेमा जानकारी गराएका थिए ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, अध्यक्ष भण्डारी, बैंकका सञ्चालक ज्ञानेन्द्र पौडेल, दिलीप पौडेल, सल्लाहकार भानुभक्त ढलकासहितको टोलीले गर्भनरलाई भेटेर बैंक स्थापनाको गराएका थिए ।

अभिबृद्धि गर्न,सहकारी क्षेत्रलाई दिगो र गुणस्तरीय बैंकिङ्ग तथा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य राखी नेपाल सहकारी बैंक लिमिटेड लि। स्थापना गर्न लागिएको अध्यक्ष भण्डारीले बताउए ।

सहकारी ऐन, २०७४ अनुसार प्रस्तावित बैंकले सहकारी विभागमा यस अघि नै आवेदन दिएर प्रक्रिया अघि बढाएको छ । सहकारी बैंक भएकाले अरु बैंक आवश्क भएको राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बताए । ३० हजार भन्दा बढी सहकारी संघ÷संस्थाहरूबाट ८ खर्बभन्दा बढीको निक्षेप परिचालन गरी कर्जा लगानी भएकाले बैंक आवश्यक रहेको पौडेलले बताए ।

सहकारीमा तीन लाख भन्दा बढी नागरिकहरूले रोजगारी प्राप्त गरेका बताएm । ७३ लाख भन्दा बढी नागरिकहरूले सहकारी संघ÷संस्थाहरूबाट प्रत्यक्ष सेवा तथा सुविधाहरू प्राप्त गरेका छन् ।

सहकारी ऐन, २०७४ को दफा १४ को उपदफा (३०) मा व्यवस्था भए बमोजिम बैंक दर्ताको लागि उक्त दफाको उपदफा (२०) मा उल्लेखित कागजातका अतिरिक्त राष्ट्र बैंकको पूर्व स्वीकृती पत्रका लागि आवेदन दिएको बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता