Logo

बर्दियामा समातेर खोरमा थुनेको बाघ ५ दिनमै फलामे डण्डी बंगाएर जंगल पस्यो



काठमाडौ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका कारण सर्वसाधारणको त्रा स बढ्यो । बाघको खतरा बढेपछि एउटा बाघलाई समोतर चैत ५ गते बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनिएको थियो । तर फलामे डण्डी बांगो पारेर खोरवाट बाघ फेरी जंगल पसेको छ ।

उक्त बाघले बर्दिया क्षेत्रमा मानिसलाई सताएको थियो । बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाहका अनुसार डार्ट गरि समातेको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा राखिएको थियो। मंगलवार विहान पौने ५ वजेसम्म खोरमै देखिएको बाघ एक छिनपछि हराएको थियो ।

तर ६ वजेको सिसी टिभी फूटेजमा भने बाघले खोरको डंडी बंगाएर बिहान खोरबाट निस्किएर आफ्नो प्राकृतिक बासस्थानमा जंगलमा गएको देखिन्छ । यस्तै विपदको अवस्थाका लागि भन्दै सो खोर २०७४ मा निर्माण गरिएको थियो । बाघ निस्किएर आफ्नो प्राकृतिक जन्मस्थल बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएको देखिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

बाघ थुनेको खोरबाट निस्किएर गएपछि निकुञ्जले सार्वजनिक सूचना जारी गरि सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । ‘हाम्रा बिभिन्न चेक पोष्टमासमेत कहीँ कतै उक्त बाघ देखापरे तत्काल निकुञ्जमा सूचना दिन पनि निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ । त्यसका साथै सर्वसाधारणलाई साईकल, मोटरसाईकल, अटो रिक्सा जस्ता सवारी साधानमा यात्रा नगर्न सजग समेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता