Logo

नयाँ बसपार्कमा पठाओ राइडर र ट्याक्सी ड्राइभरबिच ववाल, यस्तो रहेछ कारण



काठमाडौं । नयाँ बसपार्कमा ट्याक्सी चालक र पठाओ राइडरबिच विवाद भएको छ । ट्याक्सी चालकहरुले बसपार्क क्षेत्रमा पठाओ राइडरको बिरोध गर्दै ट्याक्सी जुलुस नै निकालेका थिए । सोहि क्रममा पठाओ राइडर तथा ट्याक्सी चालक बीच विवाद भइ झ ड प समेत भएको थियो ।

पछिल्लो समय ट्याक्सी चालकहरुले पठाओ राइडरहरुसँग निहुँ खोज्ने, झ ग डा गर्न खोजेको बताउँदै आएका छन् । तर, ट्याक्सी व्यवसायी भने पठाओले ट्याक्सी व्यवसाय नै सं क ट मा परेको भन्दै विगत तीन बर्षदेखि विवादको बिषय बन्दै आएको छ ।

पठाओ नेपालका संस्थापक आसिममान सिंह बस्न्यातले पठाओ र ट्याक्सी व्यवसायीको पछिल्लो बिवादको छलफलको लागी महानगरीय ट्राफिक महाशाखाले मंगलबार बोलाएको जानकारी दिए । पठाओ र ट्याक्सी चालकहरुको विवादको लागी महानगरीय ट्राफिक प्रहरी महाशाखा ले नै पहल गर्नु परेको छ ।

नेपाल ट्याक्सी व्यवसायी संघका महासचिव टोप बहादुर खत्रीले पठाओ र ट्याक्सी व्यवसायीको विवाद समाधानका लागी आवश्यक कागजात संकलन गरि छलफलका लागी ट्राफिक कार्यालय जाने तयारी भएको बताए । ‘पठाओले ट्याक्सी व्यवसाय नै घरापमा पारिसकेको छ’ उनले भने ‘यसका लागी हाम्रो संघर्ष जारी छ ।’

ट्याक्सी व्यवसायीहरुले एक बर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्लाई भेटेर पठाओलाई बन्द गर्नुपर्ने माग राखेका थिए । तर, नयाँ आउने यस्ता स्टार्टअप लाई रोक्न नहुने भन्दै कानुन बनाएर यस्ता व्यवसायलाई नियामन गर्ने गरी सरकार अघि बढेको थियो ।

तर,अहिले सम्म यस्ता स्टार्टअफ व्यवसायलाई नियामनको दायरामा आएका छैनन् । ट्याक्सी चालक र पठाओको यो विवादले सोमबारदेखि सेवा प्रभावित भएको छ । पछिल्लो समय काठमाडौंका सडक भरी पठाओका राइडर नै राइडर देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता