Logo

नुवाकोटमा जन्मेर गाईभैंसीको गोबर सोहोर्ने र काठमाडौंमा भाँडा माझ्ने अन्जली लामा बनिन् विश्वकै चर्चित मोडल, अहिले हलिउड फिल्ममा डेब्यू गर्दै



काठमाडौ । मोडलिङ जगतमा फरक पहिचान बनाएकी नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छन् । ६ भागमा निर्माण हुन लागेको ‘सेयरिङ ए राइड’ मा उनले अभिनय गर्न लागेकी हुन् । लीना यादवले निर्देशन गर्ने यस फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसले पनि अभिनय गर्दै छिन् ।

वुमेन्स एण्ड हलिउडको रिपोर्ट अनुसार, यो एक एन्थोलजी फिल्म हुनेछ, जसको शीर्षक ‘वुमेन्स स्टोरीज’ राखिएको छ । लर्वोलिनो इन्टरटेन्मेन्टको को प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने फिल्ममा महिलाको जिन्दगीको अलग९अलग पक्ष देखाइनेछ ।

फिल्ममा अञ्जलीले हलिउड स्टार कारा डेलेविन्ज, मारिका गे हार्डेन ,मार्गरिटा बाय, ईवा लोन्गोरिया, र लीवनर वारेला जस्ता चर्चित कलाकार सँग काम गर्न लागेकि हन् ।

तेस्रोलिंगी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उनी नेपालको पहिलो मोडल हुन् । २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा उनी उत्कृष्ट २० सम्म पुगेकी थिइन् । यसमा सहभागिता जनाउने उनी नै पहिलो तेस्रोलिंगी मोडल हुन् ।

म नुवाकोटको विकट गाउँमा जन्मेँ, किसान परिवारमा। मेरो जन्म केटाको रूपमा भएको थियो। मभन्दा माथि चार जना दाजु छन्। मुनि दुई बहिनी। म पाँचौं सन्तान। हाम्रो परिवारमा खेतीपाती नगरी खान पुग्दैन थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता