चर्चित गीत फुलबुट्टे सारी गाउने युगाण्डाकी गायिका नेपाल मन पर्छ भन्दै केपी ओलीलाई यसो भनिन (भिडिया हेर्नुस)
काठमाडौं । नेपाली गीतसंगीतलाई जब विदेशीले माया गर्छन् र आफ्नै स्वरमा मन दिएर गाउँछन् तब हामी सबै नेपालीकालागी त्यो निकै नै अचम्मित र गौर्वान्वित विषय बनिदिन्छ । पछिल्लो समय नेपाली गीतसंगीतको दुनियाँमा फेरी एक पटक यस्तै भईदिएको छ ।
नेपालमा सबै भन्दा बढि चर्चामा रहेको ‘फुलबुट्टे सारी’ बोलको गीतलाई अफ्रिकन महिलाले आफ्नो स्वरमा सजाएकी छन् । उनलाई यो गीतले असाध्यै मन छोएको हुनाले आफुले यो गीत गाएको उनी बताउँछिन् । हालै सामाजिक सञ्जालमा सुनिएको उक्त गीत एक युगाण्डाकी गायिका वियोन्सीले गाएकी हुन् ।
डिका इन्टरटेनमेन्टबाट अपलोड गरिएको उक्त गीत पछिल्लो समय ५० हजार भन्दा बढि पटक हेरिएको छ । उनले यो गीत बिश्वभरीका मानिस र खासगरी नेपालीहरुका लागि स र्म प ण गरेकी छिन् ।
राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको यो गीत फिमेल भर्सनमा मिलन नेवारको आवाजमा रेकर्ड भएको थियो । १२ बर्षपछि एकाएक चर्चामा आएको यो गीतमा चाइल्ड भर्सनमा अरिश्मा शिवाकोटीले स्वर दिएकी छन् भने लिजेन्डरी भर्सनमा मदनकृष्ण श्रेष्ठले स्वर दिएका छन् ।
उनले द्ध(न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मकोलागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी सकेकी छन् ।
युगाण्डाकी गायिक यी गाईका कोरोनाले भएको लकडाउन देखि नेपालमा बसेको बताएकी छन् यी गाईकाले नेपालमा प्रधानमन्त्रि केपि शर्मा वलि राम्रो लागेको बताईन् । नेपालको खाना दाल भात धैरे मन पर्ने बताएकी छन ्। नेपाली केटा सँग विबाह गर्ने पनि बताएकी छन्