Logo

पोखरामा समातिए नेपाली सेनाको ‘सेकेण्ड लेफ्टिनेन्ट’, कारण यस्तो रहेछ



पोखरा । नेपाली सेनाका जवानका अगाडि आफूलाई एक ब्यक्तिले सहायक सेनानी भनेर चिनाए । सेनाका जवानलाई भने उनी सैनिक अधिकृत भएकैमा शं का लाग्यो । उनीहरुले परिचयपत्र मागे, त्यसपछि यस्तो रहस्य बाहिरियो यसले सबैलाई चकित पार्यो ।

ती ब्यक्ति सैनिक पोशाक लगाएर ‘सहायक सेनानी हुँ’ भन्दै हिँडेका थिए । उनी मुस्ताङको थासाङका स्थायी बासिन्दा हुन् ।

उनले आफूलाई तेन्जिंग लो गुरुंग भनेर चिनाउथे । पोखरा महानगरपालिका–१४ चाउथेबाट पक्राउ परेका ति ब्यक्तिको असली नाम भने बिपिन लगुन बिक हरेको कास्कीका एसपी जीवन श्रेष्ठले जानकारी दिएका छन् ।

पोखरामा निर्माणाधीन रंगशालामा गएर ‘सहायक सेनानी हुँ’ भनेपछि नेपाली सेनाको टोलीले उनलाई पक्रेको थियो । सैनिक पोशाक लगाएर हिँडेका विपिन लगुन नक्कली सहायक सेनानी भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

उनको साथमा ‘भगवती दल गण’लेखिएको परिचय पत्र र सञ्चार सेट पाइएको छ । उनीविरुद्ध लिखतसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए । तस्वीर सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता