Logo

ब्राजिलमा कोरोनाबाट एकै दिन १ हजार २०० भन्दा बढीको निधन



एजेन्सी । ब्राजिलमा कोभिड १९ को कोरोनाबाट एकै दिनमा एक हजार २९० जनाको निधन भएको बताइएको छ । आइतबार त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको सुचनाअनुसार ब्राजिलमा एकै दिनमा १ हजार २९० जनाको यस कोरोनाबाट निधन भएको हो ।

ब्राजिलमा अहिलेसम्ममा निधन हुनेको व्यक्तिको संख्या २ लाख ९४ हजार भन्दा बढी पुगेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले आइतबार सो कुरा बताएका छन् ।

आइतबार सम्ममा त्यहाँ योकोरोना बाट ब्राजिलमा १ करोड १९ लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा निधन हुने प्रतिशत पनि दिन  बढ्दै गएको छ । त्यहाँ कोरोनाको नयाँ प्रजातिको अर्को भा’इ’र’सको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता