Logo

भागरथी घटनामा दिनेशले ‘म होइन सरकारी कर्मचारी संलग्न छन्’ भन्दै दिए अर्को बयान, को हुन् ति सरकारी कर्मचारी ?



काठमाडौ । बैतडीकी भागरथी भट्ट घटनाका अभियुक्त दिनेश भट्टले पछिल्लो समय बयान फेरे पछि फेरी तरंग उत्पन्न भएको छ । प्रहरीले अनुसन्धान सकेर अदालतको आदेशमा उनी अहिले सुधार गृहमा छन् । सुधार गृहमा रहेका बेलामा उनले आफ्ना बुवालाई फोन गरेर घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका हुन् । त्यस पछि उनका बुवा सुधार गृहमा दिनेशलाई भेट्न समेत पुगेका थिए ।

प्रहरीकै अगाडी दिनेशले आफ्ना बुवासंग कुराकानी गर्दा पनि संलग्नता अस्वीकार गरेको उनका बुवाले पत्रकार सम्मेलन गरी बताएका छन् । भागिरथी घटनापछि दिनेशको परिवार बैतडीबाट महेन्द्रनगर गएको छ । अहिले दिनेशले भने आफ्नै दिदीमाथि त्यस्तो घटना गर्न नसक्ने बताएका छन् ।

दिनेश भट्ट यतिबेला दिपायलस्थित सुधारगृहमा छन् । प्रहरीले उनैले घटना गराएको भन्दै गरेको अनुसन्धानका आधारमा र्पुपक्षका लागि अदालतको आदेशमा सुधारगृह राखेको हो । तर, सुधारगृहमा रहेका दिनेशले यसअघिको बयान फेरेका छन् ।

किशोर दिनेशले आफूले दिदी समानकी भागरथीमाथि यस्तो सोच्न पनि नसक्ने भन्दै आफन्तहरुलाई भनेका छन् । आफन्तसँगको सम्पर्कपछि उनले घटनामा संलग्नता अस्वीकार गरेका छन् ।

भागरथी घटनामा अर्कै व्यक्ति संलग्न रहेको कतिपय स्थानीयको दाबी रहेको छ । घटनामा दोहडा केदार गाउँपालिकाको प्राविधिक कर्मचारीको संलग्नताको विषय उठेपछि भागरथी घटनाको अनुसन्धानबारे प्रश्नहरु तेर्साइएको छ । अभियुक्त दिनेशले उनको नाम भनेको बुझिएको छ ।

बाल सुधार गृहबाट फोन गरेर आफूले घटना नगरेको बताएको दिनेशका बुवा दिपकराज भट्टले दावी गरे । शनिबार उनी आफै दिपायल गएर छोरो भेटेर आएको थिए । दिनेशका बाबुका अनुसार एक जना वडा कार्यालयकै कर्मचारी भएको र अर्को व्यक्तिलाई नचिनेको समेत छोराले भनेको छन् ।

तर, नेपाल प्रहरीले भने बाहिर अनौपचारिक रुपमा सार्वजनिक भएका कुराहरुको कुनै अर्थ नरहेको जनाएको छ। परिवारको रोहबरमा बयान लिने क्रममा अभियुक्तले प्रहरी, सरकारी वकिल र जिल्ला अदालतमा समेत अ प रा ध स्वीकार गरेको र प्रमाणले समेत उनको संलग्नता पुष्टि गरिसकेको बताउँदै यी कुराको अर्थ नहुने जनाएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले कसले के भन्यो भन्ने कुरा फेरी प्रमाणित गर्नुपर्ने जरुरी नभएको बताएका छन् ।

प्रहरी अधिकारीहरुले त्यसलाई ‘सामान्य आत्मसन्तुष्टि मात्रै हो’ भन्ने जवाफ दिएका छन् । ती अधिकारीले भने, ‘परिवारका सदस्यले छोरालाई जोगाउन खोज्नुलाई अन्यथा भन्न मिल्दैन । किनभने परिवारमा केही गर्न सक्ने व्यक्ति ऊ मात्रै थियो ।

तर ऊ पनि अ प रा ध मा मुछिएपछि परिवारमा परेको चो टलाई नजरअन्दाज गर्न मिल्दैन । त्यसबाहेक केही व्यक्ति वा समूह ती परिवारलाई उचालेर राजनीतिक र सामाजिक लाभ लिन खोज्ने पनि हुनसक्छन् । त्यसकारण त्यसलाई सामान्य ढङ्गले बुझ्नुपर्छ । तर यो विषय अदालतमा पुगिसकेको कारण मैले थप केही बताउन मिल्दैन ।’

दिनेशका बुवाले आफ्नो छोरा निर्दोष भएको मात्रै दाबी गरेका छैनन्, घटनामा स्थानीय वडा नम्बर–७ मै काम गर्ने वडाका कर्मचारीको संलग्नता रहेको विवादास्पद बयान समेत दिएका छन् ।

उनले आफ्नो छोरालाई ध म्का ए को फोन कल रेकर्डसमेत भएको दाबी गरेका छन् । पत्रकारले सुनौँ न त भन्दा अहिले सुनाउन नमिल्ने बताए । आफुसंग कुरा गर्दाको भिडियो समेत आफुसंग भएको दावी गरेका छन् । आफ्नो सुरक्षाको ग्यारेन्टी नहुँदा सम्म सुनाउन नसक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता