अभिनेत्री मौशमी मल्ललाई मातृ शोक, आफैले दिइन् दागबत्ती

काठमाडौ । अभिनेत्री मौसमी मल्ललाई मातृ शोक परेको छ । आमा भद्र कुमारी सेनको ८७ वर्षको उमेरमा नवलपरासीस्थित कावासोतीमा निधन भएको हो । दम र सुगरकी बिरामी भद्र कुमारीको शनिबार दिउँसो साढे ३ बजे निधन भएको हो ।
आइतबार दिउँसो पिठुवा आर्यघाटमा गरिएको अन्त्येष्टिमा अभिनेत्री मल्लले आफैले दागबत्ती दिएकी थिइन् । उनले बुबा चोप बहादुर सेनको अन्त्येष्टिमा पनि दागबत्ती दिएकी थिइन् । उनी घरको एक्ली सन्तान हुन् ।
दम र सुगरकी बिरामी भद्र कुमारीको शनिबार दिउँसो साढे ३ बजे निधन भएको हो । आइतबार दिउँसो पिठुवा आर्यघाटमा गरिएको अन्तेष्टिमा अभिनेत्री मल्लले दागबत्ती दिएको नृत्य निर्देशक गोविन्द राईले जानकारी दिएअभिनेत्री मल्ल भद्र कुमारीकी एक मात्र सन्तान हुन्।
उनले बुबा चोप बहादुर सेनको अन्तेष्टिमा पनि दागबत्ती दिएकी थिइन् ।हाल मौसमीले कावासोतीको हात्तीखोरमा रमाइलो भान्सा घर तथा रिसोर्ट संचालन गर्दै आइरहेकी छन् ।
हात्तीखोर मै मौसमी र आमा सँगै बस्दै आएका थिए। वि।सं। २०४१ सालमा ‘कान्छी’ मार्फत नेपाली चलचित्रमा डेब्यु गरेकी मौसमीले थुप्रै सफल फिल्म दिएकी छन् ।
केहि महिना अगाडी मात्रै स्पर्स म्युजिक अवार्डले मौसमीलाई ‘ब्लकबस्टर क्विन’को उपाधिद्वारा सम्मान गरेको थियो ।मौसमी अभिनित पछिल्लो चलचित्र ‘कारखाना’ चार वर्ष अगाडी प्रदर्शनमा आएको थियो । त्यसयता मौसमीका कुनै पनि चलचित्र प्रदर्शनमा आएका छैनन् ।