Logo

खनालको स्वास्थ्यका बारेमा यस्तो गम्भिर कुरा सार्वजनिक भएपछि स्वकीय सचिवले जारी गरे यस्तो विज्ञप्ती



काठमाडौ । नेकपा एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थालाई लिएर संचार माध्यममा आएका समाचार प्रति उनका स्वकीय सचिवले ध्यानाकर्षण भएको जनाएका छन् । केही समयअगाडी भारतको राजधानी नयाँ दिल्लीमा उपचार गराएका पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थय अवस्थाका बारेमा भ्रामक समाचार आएको भन्दै स्पष्ट पारिएको छ ।

उनको स्वास्थय अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ । उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्यममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भनेका छन्, “बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन ।”

पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको उनले बताएका छन् । भट्टराईले खनालको स्वास्थ्यलाई लिएर सञ्चारमाध्यमले भ्रामक अफवाहमा आधारित समाचार सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति पनि आपत्ति जनाएको छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता