Logo

चर्चित गीत फुलबुट्टे फेरी चर्चामा, यी अफ्रिकनले गाइन् यति मिठो स्वरमा (भिडिया हेर्नुस)



काठमाडौं । नेपाली गीतसंगीतलाई जब विदेशीले माया गर्छन् र आफ्नै स्वरमा मन दिएर गाउँछन् तब हामी सबै नेपालीकालागी त्यो निकै नै अचम्मित र गौर्वान्वित विषय बनिदिन्छ । पछिल्लो समय नेपाली गीतसंगीतको दुनियाँमा फेरी एक पटक यस्तै भईदिएको छ ।

नेपालमा सबै भन्दा बढि चर्चामा रहेको ‘फुलबुट्टे सारी’ बोलको गीतलाई अफ्रिकन महिलाले आफ्नो स्वरमा सजाएकी छन् । उनलाई यो गीतले असाध्यै मन छोएको हुनाले आफुले यो गीत गाएको उनी बताउँछिन् । हालै सामाजिक सञ्जालमा सुनिएको उक्त गीत एक युगाण्डाकी गायिका वियोन्सीले गाएकी हुन् ।

डिका इन्टरटेनमेन्टबाट अपलोड गरिएको उक्त गीत पछिल्लो समय ५० हजार भन्दा बढि पटक हेरिएको छ । उनले यो गीत बिश्वभरीका मानिस र खासगरी नेपालीहरुका लागि स र्म प ण गरेकी छिन् ।

राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको यो गीत फिमेल भर्सनमा मिलन नेवारको आवाजमा रेकर्ड भएको थियो । १२ बर्षपछि एकाएक चर्चामा आएको यो गीतमा चाइल्ड भर्सनमा अरिश्मा शिवाकोटीले स्वर दिएकी छन् भने लिजेन्डरी भर्सनमा मदनकृष्ण श्रेष्ठले स्वर दिएका छन् ।

चर्चामा रहेपछि यो गीतको मेल, फिमेल र चाइल्ड भर्सन सार्वजनिक भैसकेको छ । अब, यसका निर्माताले लिजेण्डरी भर्सन पनि सार्वजनिक गरेका छन् । मार्मिक लामाको स्वर, राजनराज सिवाकोटीको शब्द तथा संगीतमा १२ बर्ष अगाडि यो गीत रेकर्ड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता