Logo

झलनाथ खनालको मिर्गौला फेल, गम्भीर अवस्थाका खनालको स्वास्थ्यबारे यस्तो दिए डाक्टरले चेतावनी



नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल गम्भीर बिरामी भएको पाइएको छ । पछिल्लो पटक राजनैतिक सक्रियता एक्कासी कम गरेका खनालको स्वास्थ्यमा यस्तो समस्या पाइएको हो । उनलाई तीन महिनाभित्र उचित उपचार नगरे जे पनि हुनसक्ने डाक्टरहरुले चेतावनी दिएका छन् ।

नेपाल प्रेसमा छापिएको समाचार अनुसार, नेता खनालको मिर्गौलामा समस्या देखिएको हो । खनाल निकट एक नेताका अनुसार चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्र त्या रो प ण गर्न वा डा य ला इ सि स गर्न सुझाव दिएका छन् । तीन महिनाभित्र यी काम नगरे स्वास्थ्य अवस्थाबारे केही भन्न नसकिने समेत चिकित्सकहरुले बताएका छन् ।

नेता खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । उनी स्वास्थ्यमा समस्या आएर परिक्षणका लागि दिल्ली पुगेपनि उनको भारत भ्रमणलाई राजनैतिक रंग दिइएको थियो । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फे’ल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विषयमा खनालले जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओली झैं नेता खनालको पनि स्वास्थ्यमा उही समस्या देखिएपछि प्रधानमन्त्री ओली उनीप्रति नरम बनेका छन् । पार्टीका अन्य ४ नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय हुँदा समेत ओलीले खनालको स्वास्थ्य संवेदनशीलताकै कारण उनीमाथि कारवाही नगर्ने देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता