Logo

शौचालय जाने क्रममा चिप्लेर एक जनाको निधन



काभ्रेपलाञ्चोक । घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको निधन भएको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा

शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर जनाए । धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।

उनको अनुसार रिजाल धुलिखेल नगरपालिका–४ केयुको सूचना प्रविधिमा काम गर्दै आएका थिए । शौचालय जाने क्रममा चिप्लेर भिरबाट करिब छ सात सय मिटर तल खसेर अड्केको अवस्थामा प्रहरी र नेपाली सेनाले शव निकालेको हो । उनको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता