अ’चा’नक यसकारण दिए महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा

काठमाडौ । महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएका छन्।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार खरेलले राजीनामाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका हुन्। महान्यायाधिवक्ता खरेलले दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन्। वरिष्ठ अधिवक्ता खरेल नेकपा एमालेबाट दुवै संविधानसभाका सदस्य थिए। खरेलले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन् ।
राजीनामा पछि अब खरेल नेकपा एमालेको केन्द्रीय समिति बैठकमा मनोनित भएर सहभागि हुने सचिवालय स्रोतले जानकारी दियो। प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको भन्ने कुरा होइनु, सचिवालयका ती सदस्यले भने।
यसअघि पनि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेपछि खरेलले राजीनामा दिएको भन्ने चर्चा चलेको थियो। खरेलले प्रतिनिधि सभा विघटनको पक्षमा डिफेन्स गर्न नसकेको भनेर प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट भएको समाचार सार्वजनिक भएको थियो।