Logo

डीआईजीका अंग रक्षकको नै यस्तो धन्दा



धनगढी। शान्ती सुरक्षा कायम गर्ने र कानुन पालना गराउने प्रहरी अधिकारीका अंगरक्षक नै गैर कानुनी काम गरेको अभियोगमा पक्राउ परेका छन् ।

कैलालीमा सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० उत्तमराज सुवेदीका अंग रक्षकसहितका जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।

बुधबार राति कैलालीको ओलानी क्षेत्रबाट प्रहरीले ३ लाख नगदसहित पक्राउ परेकाहरुमा डीआईजी सुवेदीका अंग रक्षक प्रहरी सहायक निरीक्षक पुस्कर भट्ट पनि छन् । उनी सहितका केही जुवाडेलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

कैलाली प्रहरीले भने अहिलेसम्म जुवाडे पक्राउ परेको कुरा सार्वजनिक गरेको छैन । उनीहरुको नाम पनि सार्वजनिक गरेको छैन । भट्टलाई प्रदेश प्रहरी कार्यालयले हाल घुमुवा प्रहरीका रुपमा पनि खटाउने गरेको बुझिएको छ ।फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता