मुस्ताङमा भेटिएको २,५०० वर्ष पुरानो बालकको कङ्काल, जो छ बाकसभित्र (भिडियोसहित)

बिबिसी । नेपाली र जर्मन पुरातत्त्वविद्हरूले दुई दशकअघि मुस्ताङमा यो प्राचीन नरकङ्काल भेटेका छन् । वैज्ञानिक अध्ययनपछि यो छ महिने बालकको २,५०० वर्ष पुरानो ‘ममी’ अर्थात् परिरक्षित शरीर भएको पत्ता लाग्यो ।
नेपाली र जर्मन पुरातत्त्वविद्हरूले यस्लाई मेब्राकस्थित गुफामा १९९२ देखि १९९४ मा यस कंकाललाई फेला पारेका हुन् ।
यो ६ महिने बालकको २५ सय वर्ष पुरानो अवशेष हो । मेब्राक नामक गुफा प्राचिन कालमा मानव शवहरु विर्सजन गर्नकोलागी प्रयोग भएको अनुसन्धानले देखाएको छ । पुरातात्विक महत्वको यो कंकाल अहिले सामान्य एउटा कोठामा बाकसभित्र राखिएको छ ।
उचित पुर्वाधार नभएको हुनाले यो अवशेषलाई प्रदर्शनिकालागी राख्न नसकिएको पुरातात्विक विभागले जनाएको छ । भिडियोसहित