Logo

प्रधानमन्त्रीले थर्काए, ‘बुधबारको भेलामा जो जान्छ, त्यसको हिसाब राख्छु’



प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता कार्यकर्तालाई माधव नेपाल समुहको भेलामा नजान निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीले बोलाएको चियापानमा नआउने तर होटल होटलमा गुट भेला गर्दै हिड्ने सबैको हिसाब राखिने छ ।’

ओलीले बुधबारको भेलामा सहभागी हुनेलाई कारवाहीको चेतावनी समेत दिएका छन् । उनले घुमाउरो भाषा प्रयोग गर्दै यस्तो चेतावनी दिएका हुन् ।

‘यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौँ । अचाक्ली भयो,’ उनले भने, ‘पार्टीमा विधान छ, नियमावली र दल सम्बन्धी कानुन छ । हामीले खोजेको अनुशासन हो । भोलिको भेलामा नेकपा एमाले सम्बद्ध कोही पनि नजान निर्देशन दिन्छु ।

सजग र सचेत गराउन चाहन्छु । पार्टी अध्यक्षले बोलाउँदा नआउने कसको निम्ता पाए चियापानमा जानुहुन्छरु यो त सबैलाई थाहा छ तर भन्न भएन । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न त्यो तमासा हेर्न बाँकी छ । भोलि एक नजर त्यता लगाइन्छ ।’

बुधबार नेकपा एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितको टोलीले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेका छन् । उनीहरुले उक्त भेला नरोक्ने भन्दै मंगलबार तयारीका बारेमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता