Logo

राष्ट्रपति भण्डारी बंगलादेश जाँदै



काठमाडौं, । राष्ट्रपति विद्यादेवी भण्डारी छिट्टै बंगलादेश भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार डा। लालबाबु यादवले पनि भ्रमणको तयारी भैरहेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनले भ्रमणको तयारी भैरहेको जनाएपनि मिति भने खुलाएनन् ।

राष्ट्रपति भण्डारी यही चैत ९ र १० गते बंगलादेश जाने तय भएको स्रोतले जनाएको छ । बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता