Logo

काठमाडौंका यी चोरबारे थाहा पाएर अचम्म पर्नुहोस्, पुलिस पक्रन आएपछि रुख चढेर फाल हान्न खोजे, यसरी पक्रियो प्रहरीले



उसो त चोर, फटाहालाई प क्र न त्यति सजिलो छैन । तरपनि प्रहरीले उनीहरुलाई प क्रि हाल्छ । कतिपय अवस्थामा यस्ता घटनापनि हुने गरेका छन् आरोपी प्रहरीसंगै घुमिरहन्छन् तर प्रहरीलाई त्यस कुराको भने पत्तो नै हुँदैन ।

धेरैजसो त आरोपीहरु निकै लामौ समयसम्म प्रहरीको निगरानीमा नै रहेका हुन्छन् तरपनि उनीहरु सजिलै प्रहरीको हात लाग्दैनन् । अपराध जस्तो सुकै किन नहोस् आरोपीहरुलाई प क्र न सजिलो हुँदैन प्रहरीलाई ।

यस्तै अप्ठ्यारो परिस्थितिसंग जुधेर प्रहरी चोरीका एक आरोपीलाई हिजो प क्रि एको छ । उक्त फरार आरोपीलाई पक्राउ गर्न खोज्दा आइतबार प्रहरीले निकै सास्ती भोग्नुपरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मकवानपुर घर भएका सुकलाल वाइवा उर्फ खन्तीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीबाट पक्राउ गर्न खोज्यो । बसुन्धारा बस्ने खन्ती चो री मु द्दाका फ रा र आरोपी हुन् ।

प्रहरीको टिमले आफुलाई पक्रन खोजेपछि खन्ती बागमती नदी करिडोर हुँदै भा गे । प्रहरीले उनलाई पच्छ्याइरह्यो । आरोपी अघि–अघि भा गे, प्रहरी पछि लाग्यो ।

गोकर्णको खोँचमा पुगेपछि आरोपी रुखमा चढेर भने–‘पक्राउ गर्ने भए हामफालेर म र्छु ।’ आफ्नै आँखा अगाडि आरोपीले ज्यान फाल्नु प्रहरीका लागी अप्रिय घटना हुने थियो ।

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नविन कार्की नेतृत्वको टोली उनको ज्यान बचाउन तिर लागिपरे ।

महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी नेतृत्वको थप मद्दत र विपद् व्यवस्थापनको उद्धार टोली बोलाएर लामो मेहनतपछि प्रहरीले ३६ वर्षीय सुकलालको उद्दार गरेको छ ।

‘लामो मेहनतपछि आरोपीलाई उद्दार गर्न सफल भएका छौं’ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नविन कार्कीले भनेको समाचार रातोपाटीमा छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता