Logo

देशैभर वाईसिएल ब्युँझाउँदै माओवादी



नेकपा एमालेसँग अलग भएसँग माओवादी केन्द्रले देशैभर योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिएल) ब्युँझाउँदै छ । माओवादी र एमाले एक भएपछि नेकपा बनेको पार्टीमा वाइसिएल भन्ने संगठन अ
स्तित्वमा थिएन । त्यसैले माओवादी केन्द्रको अस्तित्वमा पुन आएसँगै वाइसिएल समेत ब्युँझिएको हो ।

नेकपा एमालेको युवा संघ नेपाल भएपनि माओवादीको वाइसिएल लगभग पार्टी एकतापछि विलिनकै अवस्थामा थियो । पछिल्लो सर्बोच्चको निर्णयपछि एमालेको छाँयामा परेका आफ्ना संगठनहरु ब्युँझाउन माओवादी केन्द्र लागेको छ ।

पछिल्लो समय वाईसिएलको जिल्ला समिति बाँकेको कार्यालय स्थापना गरीएको समाचार आएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को युवा संगठनका रुपमा रहेको वाईसिएलले बाँकेको कोहलपुरमा कार्यालय स्थापना गरेको हो ।

शनिबार एक कार्यक्रमका बिच वाईसिएल नेपाल जिल्ला समिति बाँकेको कार्यालय औपचारीक रुपममा उद्घाटन गरीएको हो । कोहलपुर नगरपालिका ११ मा रहेको सहिद स्मृती प्रतिष्ठानको भवनलाई भाडामा लिएर कार्यालय संचालन गरीएको वाईसिएल बाँकेका सचिव आकाश कार्कीले जानकारी दिए ।

कार्यालय सुभारम्भसँगै जनजिबिका र संगठनसँग जोडिएका प्रत्यक्ष गतिविधिहरुलाई कार्यालयबाटै व्यवस्थीत रुपमा अगाडी बढाईने कार्कीले बताए ।

कार्यालय स्थपाना भएसँगै संगठन बिस्तारको अभियानलाई तिब्र रुपमा संचालन गरीने वाईसिएल बाँकेका अध्यक्ष सुरज जागाले बताए । युवाहरुलाई संगठित गर्दै माउ पार्टी नेकपा माओवादी केन्द्रमा जोड्ने अभियान संचालन गरीने उनले बताए ।

कार्यलय सुभारम्भ कार्यक्रममा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपाने, अबराज खड्का, रेणुका खड्काका साथै वाईसिएल बाँकेमा आवद्ध युवाहरुको उपस्थिती रहेको समाचार काँचुली खबरमा छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता