Logo

‘कहिले कोटेश्वर, कहिले खुमलटार’ बिछोडिएपनि सकिएको छैन प्रचण्ड माधव नेपालको प्रेम



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अब एकै पार्टीका रहेनन् । नेपाल नेकपा एमालेभित्र शक्ति संघर्षमा छन् भने प्रचण्ड नेकपा माओवादी केन्द्रको अध्यक्ष भएका छन् ।

उनीहरुको पार्टी अलग भएपनि आत्मियता भनै कायमै छ । किनभने उनीहरुबी कुनै न कुनै बहानामा भेट भै नै रहेको छ । माओवादीको केन्द्रिय समितिको बैठक सकिए लगत्तै अध्यक्ष प्रचण्ड वरिष्ठ नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

प्रचण्ड र नेपालबीच छलफल भएको बिषयबारे जानकारी भने बाहिर आएको छैन । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठक लगत्तै प्रचण्ड नेपाललाई भेट्न कोटेश्वस्थित नेपाल निवास पुगेका थिए ।

केन्द्रीय कमिटी बैठक स्थगित गरेर प्रचण्डसहित खनाल र नेपालसँग कुराकानी गर्न प्रचण्ड कोटेश्वर पुगेका हुन् । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारबाट सुरु भएको छ ।

सात प्रदेश, सम्पर्क मञ्च, प्रवास र विशेष प्रदेश कमिटीका नेताहरुले बिफ्रिङ गरेपछि बैठक स्थगित गर्दै प्रचण्ड कोटेश्वर निस्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता