Logo

नेपालमा पहिलो पटक ११ महिने बच्चाको कलेजो प्रत्यारोपण



काठमाडौं । कलेजो प्रत्यारोपण गर्न डाक्टरहरुलाई सहज हुँदैन । तर पनि नेपालमा कलेजो प्रत्यारोपणको प्रकृया भने शुरु भई सकेको छ । डाक्टरहरुको भनाई अनुसार यो धेरै नै रि स्कि र मंहगो अप्रेसन हो । प्रत्यारोपण नेपालमा अहिलेसम्म नेपालमा सफल नै भईरहेको छ । आजसम्म जतिपनि प्रत्यारोपण भएका छन् ती सबै बैस्क र बृद्धहरुमा नै भएको पाईएको छ । तर पहिलो पटक ११ महिने बच्चाको कलेजो प्रत्यारोपण गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काभ्रेका ११ महिने बालकलाई शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा। रमेशसिंह भण्डारीले बताए । जन्मजातदेखि नै कलेजोमा समस्या भएकाले बालकलाई ३५ बर्षका बाबुले कलेजो दिएपछि प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा। भण्डारीले बताए ।

प्रत्यारोपणमा सहयोग गर्न फोर्टिस अस्पताल भारतका डा।विजय भिजको नेतृत्वमा चिकित्सकको टोलीले सहयोग गरेको थियो । त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारी सुरु भएदेखि पहिलो पटक कजेजो प्रत्यारोपण गरिएको हो । त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीपछि मिर्गौला र कलेजो प्रत्यारोपण सेवा रोकिएका थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता