Logo

पेस्तोलसहित रुपन्देहीबाट ३ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको मर्चवारी– ७ कन्चनापुरबाट प्रहरीले चेकजाँचका क्रममा १ थान गोली नभएको कटुवा पेस्तोल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी डिएसपी एवं प्रवक्ता सत्य नारायण थापाले भारतीय नम्बरको पेल्टको मोटरसाइकललाई शंका लागि खान तलासी गर्ने क्रममा कटुवा पेस्तोल थान १ फेला परेको बताए ।

पक्राउ पर्नेमा सम्मरीमाई गा।पा।वडा न।७ बेतकुईया बस्ने सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ । साभार रातो पाटि

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता