Logo

भारतमा दुखद घटना, गुडिरहेको रेलमा आगो लाग्यो



भारतमा एक रेल गुडिरहको अवस्थामा आगो लागेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार दिल्लीबाट देहरादुनका लागि चल्ने शताब्दी ट्रेनमा शनिबार दिउँसो आगलागी भएको हो ।

दिल्लीबाट देहरादुनका लागि चलिरहेको रेलमा रायवाला क्षेत्रमा आगलागी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।

रेलमा अचानक आगलागी भएपछि आपतकालिन ब्रेक लगाएर रेल रोकिएको थियो । आगलागी भएको रेलको डिब्बामा ३५ जना यात्रु रहेका थिए ।

उनीहरुलाई रेलको अर्को डिब्बमा सुरक्षित स्थानान्तरण गरिएको थियो । त्यसपछि आगलागी भएको डिब्बालाई इन्जिनबाट अलग गरिएको थियो । केहीबेर अवरोध भएपनि रेल सेवा पुन सुचारु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता