Logo

बेलायतमा थप १२१ कोरोना संक्रमितको निधन



लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२१ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ४६४ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ५३४ जना नयां संक्रमित थपिएका छन् । थपिएका नयां संक्रमितसंगै बेलायतमा संक्रमितको संख्या ४२ लाख ५३ हजार ८२० पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर ८ हजार २९ जनामा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ११० रहेको स्वास्थ्य विभागले जनाएको छ ।

दुई करोड ५२ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म दुई करोड ५२ लाख भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । शनिबारसम्म खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ५२ लाख १६ हजार ८५७ पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ३६ लाख ८४ हजार १०३ जनाले पहिलो डोज लिएका छन् भने १५ लाख ३२ हजार ७५४ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्यांकले बेलायतमा कोरोना भाइरस संक्रमण फैलिने दर क्रमशस् घट्दै गएको जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार बेलायतमा संक्रमण दरको मापक ’आर नम्बर’ शून्य दशमलव ६ देखि शून्य दशमलव ८ को बीचमा छ ।

कोरोना महामारी उच्चतम बिन्दुमा पुगेपछि इंग्ल्याण्डमा सरकारद्वारा जारी कडा प्रतिबन्धका कारण र कोरोना विरुद्धको खोपको प्रभावका कारण कोरोना संक्रमणमा कमी आएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता