Logo

‘केपी शर्मा ओलीको पुरोहितवादले कम्युनिष्ट आन्दोलन र नेकपा एमाले समाप्त हुनेभयो’



नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पुरोहितवादले नेपालको कम्युनिष्ट आन्दोलन समाप्त हुन लागेको बताइएको छ ।

नेकपाका उपाध्यक्ष बामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो आरोप लगाएको हो । उक्त बैठकले एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्तिको बाटोमा लगेको निष्कर्ष निकालेको छ ।

शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक ओलीले एमालेको महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद र जिम्मेवारी खोस्ने तथा जथाभावी केन्द्रीय सदस्य थप्ने निर्णयको अभियानले विरोध गरेको हो ।

गौतम नेतृत्वको अभियानले विधान विपरीतका निर्णय सच्याएर सिंगो पार्टीलाई एकताबद्ध बनाइ राख्नका लागि सबैलाई आह्वान गरेको छ ।

तर एमालेमा ओली र माधव नेपाल पक्षले समानान्तर कमिटी घोषणा गरेपछि गौतमले यस्तो आह्वान गरेका हुन् ।

एकता अभियानले ओलीले गरेको निर्णय विधि विधान र नवौ महाधिवेशनको भावना विपरीत भएको ठहर गर्दै अस्वीकार र तत्काल सुधारका लागि आग्रह गर्ने तथा ओली र पार्टीका असहमत सबै पक्षसँग वार्ता गर्ने जानकारी एक विज्ञप्ति मार्फत दिएको छ ।

पार्टी एकता अभियानका सचिव बाबुराम थापाद्धारा जारी विज्ञप्तिमा दोस्रो तहका नेताहरूलाई गा ली ग लौ ज त्याग्दै एकताका निम्ति द वा व दिन अग्रसर हुन आग्रह गरिएको छ भने एमाले भित्र र आम वाम एकताका लागि प्रयास जारी राख्ने समेत बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता