वुटवलमा भेला गर्दै जव प्रचण्डले डा। बाबुरामका बारेमा यसो भनेर पछुताउँदै भावुक भए

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब काठमाडौ बाहिर शक्ति निर्माणको काममा लाग्ने बताएका छन् ।
शुक्रवार वुटवल पुगेका उनी आफ्ना पुराना साथीलाई विर्सेर रामबहादुर थापा (वादल), टोपबहादुर रायमाझी लगायतका नेतालाई समेट्दा यस्तो अवस्था आएको भन्दै पछुताएका छन् ।
अप्ठेरो अवस्थामा केपी ओलीतर्फ लागेर आफुलाई धो का दिएका नेताहरुलाई सहयोग गरेर आफूले गल्ति गरेको बताएका छन्।
आफूलाई वास्तवमा सहयोग गर्ने नेता कार्यकर्ता भुलेर अरुलाई साथ दिँदा अहिले उनीहरुबाट आफैलाई धो का भएको स्मरण गर्दै उनी पछुताएका छन् ।
‘त्यत्रो ब द मा शी गरेकालाई गृहमन्त्री बनाएर पठाए, उनले भने टोपबहादुर रायमाझीबाट पनि त्यस्तै धो का पाएँ ।
‘बाबुरामजीसँग वैचारिक सं घ र्ष हुँदा जे होस् टोपबहादुर ९रायमाझी० ले साथै दिए भनेर लगेको, सहयोग गर्ने भनेको त यो गरिदिए,’ प्रचण्डले सोहि भेलामा भने, ‘अरु त अरु त्यो एकजना न केहि बुझेको छ, न केहि छ, स्थायी समिति सदस्य बनाइदिएको अहिले मन्त्री’
बाबुरामलाई अलग हुन दिनुमा आफुवाट ठूलो भुल भएको मान्दै उनी पछुताएको मान्न सकिन्छ ।
त्यस्तालाई भन्दा त प्रचण्ड बनाउन भनेर दृढताका साथ लागेका आफ्नै साथीहरुलाई गरेको भए त यो दिन त देख्न पर्दैनथ्यो भन्ने महशुस मलाई भएको छ,’ उनले भने।
त्यसैले अहिले ओलीतर्फ गएका माओवादी नेताहरुलाई आफु फकाउन पनि नगएको उनले बताए। आफूले त्यस्ता नेताहरुलाई फर्काएर पार्टीभित्र फेरि भाँ ड भै लो गराउन नचाहेको उनको तर्क छ।
प्रचण्डले आफूले अरुलाई सहयोग गर्दा आफ्ना वास्तविक साथीहरु अन्याय परेको हुँदा त्यस्ता नेताहरुलाई फकाउन नलागेको प्रष्ट्याए।