२ किलो युरेनियमसहित चार जना बौद्धबाट प’क्रा’उ

काठमाडौं । प्रहरीले काठमाडौँको बौद्धबाट २ किलोग्राम युरेनियमसहित ४ जनालाई प”क्राउ गरेको छ । युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले फागुन २७ गते टुसाल–६ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय नारायणसिंह तामाङ, रामेछापकै ५० वर्षीया जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ । साभार रातो पाटि