Logo

आफ्नै पत्नीलाई जुवाको दाउमा राखे एक पुरुषले, जित्नेले गरे घरमै आएर यस्तो अनैतिक कार्य



नखेल्नु जुवा र तास, धनको नास जीवनको बनिवास भन्ने नेपाली पुरानो गीतको उदाहरण जुवाका बेफाइदाका बारेमा कुरा गर्दा दिइन्छ । जुवा सन्सारभर खेलिन्छ तर यसले गर्ने असर भने सबै ठाउँ एकै हुन्छ ।

यस्तै एक उदाहरण भारतमा भएको छ । जुवा खेल्ने व्यक्तिले केसम्म गर्न सक्छन् भन्ने एक उदाहरण बनेको छ, भारतमा घटित एक घटना ।

जुवामा नगद सकेका एकजनाले पत्नीलाई नै दाउमा राखेर जुवा खेलेका छन् । र जित्ने भनिएका दुई जनाले घरमै गएर महिलालाई सा मू हि क क र णी गरेको समाचार भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

इण्डिया टाइम्समा छापिएको समाचार अनुसार इन्दौरको राउ निवासी ३८ वर्षीया महिलाले हालै प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो पी डा सार्वजनिक गरेकी हुन् ।

१४ वर्षअघि पीथमपुर निवासी किशोर नाम गरेका युवकसँग आफ्नो विवाह भएको र चार सन्तानसमेत रहेको जानकारी दिदैं ती महिलाले पतिले कथित रुपमा जुवामा आफूलाई हारेपछि दुई जनाले घरमै आएर यस्तो कार्य गरेको उनले जनाइन् ।

उनका अनुसार ती दुई पुरुष घरमै आएका थिए । त्यतिबेला उनको पति भने घरमा नरहेको बताइन्छ । छोराछोरी भएकै समयमा घरमा आएर उनीहरुले आफूलाई ‘तिम्रो पतिले तिमीलाई जुवामा हारिसकेका छन्, तिमी अब हाम्री भयौ,’ भन्दै त्यस्तो अनैतिक काम गरेको उनले बताइन् ।

सो घटनापछि आफूले घर परिवर्तन गरेको र अलग्गै बस्न थालेको बताइन् । तर पति र ती दुई पुरुषले बारम्बार आफूलाई दुःख दिने र ध म्क्या उ ने गर्दै आएको भन्दै महिलाले प्रहरीसमक्ष गुनासो गरेकी छन् । ती महिलाका उनका पतिले छोरीलाई समेत जुवाको दाउ राख्ने ध म्की दिँदै आएका छन् ।

इन्दौरको प्रहरी उपमहानिरीक्षक कार्यालयमै आयोजित कार्यक्रममा महिलाले आफ्नो पी डा सुनाएपछि प्रहरीले सो घटनाको छानविन थालेको थियो । इन्दौरको पूर्वी क्षेत्रका प्रहरी प्रमुखले सम्बन्धित प्रहरी थानालाई छानविनको जिम्मेवारी दिइएको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता