Logo

वुटवल पुगेर प्रचण्डले गरे माधव नेपाल समुह एमालेमै फर्कनुको खुलासा



काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल नेकपा एमालेमा रहने निर्णय गर्नुको पछाडी ठूलो कारण रहेको बताएका छन् । उनले माधव नेपाल समूहले नेकपा एमाले कब्जामा लिने बताएका छन्।

बुटवलमा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले नेपाल समूह कि एमाले कब्जा गर्न वा विद्रोह गर्न एमालेमा फर्कने निष्कर्षमा पुगेको बताएका छन् । उनले माधव समुहलले एमाले कब्जा गर्न नसके विद्रोह गर्नुपर्ने अवस्था आउने बताएका हुन्।

‘या त माधवजीहरुले छिट्टै एमाले क्याप्चर गरेर केपी ओलीलाई हटाउने स्थिति हुन्छ। होइन भने विद्रोह गर्ने स्थिति बन्छ’, प्रचण्डले खुलासा गर्दै भने, ‘उहाँहरु हामी मिलेर फेरि एउटा आन्दोलनकारी ठूलो कम्युनिस्ट शक्ति बनाउछौँ।’

उनले प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनको कदमविरुद्ध नेपाल र खनालसहित आन्दोलनमा थिए । तर सर्वोच्चको फैसला पछि नेपाल र खनाल लगायतका सो समुहका नेता ओली विरुद्ध आन्दोलन गर्दै देश दौडहामा निस्केका थिए । सो क्रममा आफूहरुबीच भावनात्मक संम्बन्ध बनेको पनि उनले बताए।

अध्यक्ष प्रचण्डले अबको आफ्नो मुख्य जोड भनेको संगठन निर्माण रहेको बताउँदै अबको तीन वर्षमा आफू काठमाडौँ छाडेर बाहिर बस्ने र माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने बताए।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता