Logo

धनुषामा आधा दर्जन डिजे प्रहरीको नियन्त्रणमा



जनकपुरधाम, धनुषामा ६ वटा डिजे (बाजा) प्रहरीको नियन्त्रणमा परेको छ । जनकपुर उपमहानगरपालिकाभित्रै चर्को साउण्डमा डिजे बजाएको भन्दै गएराती २ वटा मेसिनहरु नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

यसैगरी, धनुषाको जनकनन्दिनी गाउँपालिकाले गाउँपालिकाभरि डिजे र एण्डको राती १० बजेदेखि विहान ६ बजेसम्म प्रतिबन्ध गरेपनि डिजेबालाहरुले जबरदस्ती बजाएको भन्दै ४ जना कारवाहीमा परेका र दुई वटा डिजे र मेसिनलाई सहमति गरी छाडिएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर हृयेन्द्र रोकायाले बताए ।

दुई वटा डिजे मेसिन अझै ईलाका प्रहरी कार्यालय खजुरीको नियन्त्रणमा रहेको बताएको छ ।

ईन्सपेक्टर रोकायाका अनुसार, चार जनालाई मात्र कारवाही गरेपछि जनकनन्दिनी गाउँपालिकाभित्र अहिले ध्वनी प्रदुषण ९० प्रतिशतसम्म न्यून भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता