Logo

आज महाशिवरात्री, गाडी लिएर वाहिर निस्कदै हुनुहुन्छ भने बैकल्पीक बाटो थाहा पाउन यो समाचार पढ्नुहोस्



काठमाडौ । आज महाशिवरात्रि पर्व धुमधामसंग मनाइदैछ । विश्वभरका हिन्दु धर्मावलम्बीहरुको आराध्य देव पशुपतिनाथ मन्दिरमा आज विशेष भिड लाग्दछ । विश्वका विभिन्न ठाउँवाट भक्तहरु पुशपतिनाथ दर्शन गर्न आउँछन् ।

भक्तजनको विशेष भीड लाग्ने भएकाले काठमाडौंमा ट्राफिक व्यवस्थापनका लागि कतिपय स्थानमा सवारीसाधान सञ्चालनमा रोक तथा पार्किङ परिवर्तनलगायतको व्यवस्था गरिएको छ।

पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिड हुने भएकाले काठमाडौको ट्राफिक ब्यवस्थापन फरक ढंगले गरिएको छ ।

ठाउँ ठाउँमा जाम हुने भएकाले बैकल्पीक वाटो बनाइएको छ । चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा भक्तजनका सवारी साधन निर्वाध रुपमा संचालन हुनेछन् भने सार्वजनिक सवारी साधनका लागि भिड भएको अवस्थाा वैकल्पीक ब्यवस्था गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अबस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरि वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने ट्राफिक महाशाखाले जनाएको छ ।

मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ। दर्शनार्थी एव भक्तजनहरुका सवारी साधनहरुलाई बनकाली खुल्ला चौर, सिफलचौर, गुह्हेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ स्थान तोकिएको छ। गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अबस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल

हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ। चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता