अमेरिकामा माक्स लगाउनुस् भन्दा नेपाली चालक माथि महिला यात्रुले यस्तो गरे (भिडियो हेर्नुस्)

एजेन्सी । अमेरिकामा एक नेपाली उबर चालक माथि तीन जना महिला यात्रुले गरेको अभद्र ब्यवहार सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपाली चालकले माक्स लगाउन अनुरोध गर्दा ति महिला यात्रुले अभद्र ब्यवहार गरेका हुन् ।
गत आइतबार ३२ वर्षीय शुभाकर खड्कामाथि भएको अभद्र ब्यवहारको सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको छ । तीन जना चालक मध्य एक जना महिलाले माक्स नलगाएपछि उनले माक्स लगाउन अनुरोध गरेको अमेरिकाको न्युज संस्थालाई बताएका छन् । माक्स लगाए मात्र सेवा दिने भन्दै गाडी रोकेपछि ति महिला शोभाखर माथि जाइलागेको भिडियोमा देख्न सकिन्छ ।
सुरुमा माक्स नलगाए पनि वाटोमा किनेर लगाउलिन् भनेर आफुले माक्स बेच्ने पसल देखेपछि गाडी रोक्दा उनी माथि अभद्र ब्यवहार भएको हो । उनीहरुले शुभाकरमाथि खोकेको र अभद्र ब्यवहार गरेको प्रष्ट देखिन्छ । गाडीवाट झरेपछि पनि ति महिलाहरुले खुर्सानीको धुलोवाला स्प्रे छर्केको बताएका छन।
कारमा रहेको क्यामराबाट खिचिएको दृश्यमा एक महिला यात्रुले उनीमाथि खोकेको, उनको मोबाइल खोस्न खोजेको, मास्क चुँडालिदिएको देखिन्छ । महिलाहरु कराइरहँदा उनी चुपचाप बसिरहेको देखिन्छ । एक जना महिलाले मोवाइल खोस्न लागेपछि उनले आफ्नो सम्पत्तीमा हात नलगाउन भनेका छन् ।
शुभाकर आठ वर्षअघि नेपालबाट अमेरिका पुगेका हुन। त्यहाँको कमाईले उनले नेपालमा रहेको आफ्नो परिवारको जोहो गर्ने गर्छन। स्थानीय प्रहरीका अनुसार ती महिलाहरु अझैपनि फरार छन। शुभककरको सहयोगका लागि भने गोफन्डमीमा सहयोग अभियान सुरु भएको छ।