Logo

संसद् बैठकमा नबसी एक्कासी किन बाहिरिए प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ‌ओली बुधबारको प्रतिनिधिसभा बैठकमा पनि नबसी फर्किएका छन् । संसद् भवन नयाँ बानेश्वरमा करिब १० मिनेट बसेर उनी १ बजेपछि बाहिरिएका हुन् ।

उनी समयमै संसद् बैठक सुरु नभएको भन्दै बाहिरिएका हुन् ।
बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटा र दलका प्रतिनिधिबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री बाहिरिएका हुन् ।

२३ गतेको बैठकमा पनि प्रधानमन्त्री संसद् भवन पुगेर बाहिरिएका थिए । उक्त दिनको बैठकमा करिब ४० मिनेट बसेर उनी बाहिरिएका थिए । संसद् बैठक ठिक समयमा सुरु नभएको भनेर उनी दोस्रो पटक संसद् भवनबाट बाहिरिएका हुन् । साभार कान्तिपुर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता