Logo

भागरथी घटनाका अभियुक्त दिनेशलाई अदालतले यस्तो भन्यो



काठमाडौं । जिल्ला अदालत बैतडीले जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको घटनामा सं’लग्न किशोरलाई जेल पठाएन । अदालतले घटनामा सं’लग्न भएका किशोर दिनेश भट्टलाई नाबालक भएका कारण जे’ल नपठाएको हो । दिनेश भट्टलाई अदालतले बाल सुधारगृहमा पठाउने आदेश दिएको छ । अनुसन्धानका क्रममा पनि उनलाई प्रहरी हिरासतमा नराखेर अदालतले बाल सुधारगृहमा पठाउने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण भट्टलाई पुर्पक्षका लागि बाल सुधारगृहमा राख्न आदेश दिएको हो । मंगलबार भएको थुनछेक बहसपछि अदालतले उनलाई डोटी स्थित बाल सुधारगृहमा पठाउन आदेश दिएको छ । ।

गत माघ २१ गते विद्यालयबाट फर्कने क्रममा भट्टको ज्या न लि एको अभियोगमा प्रहरीले फागुन ४ गते दिनेशलाई पक्राउ गरेको थियो। उनले बयानका क्रममा आफूले पुरानो रि’सिबीका कारण घटनना गराएको स्वीकार गरेका थिए।

त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चार पटक ५÷५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो । सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र सोही विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् । नाताले यी दुवैजना दिदीभाइ पर्छन् । यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा कर णी पछि ज्या न लि एको देखिएको थियो । भागरथीको भे’जाइ’नल स्वा’ब र दिनेशको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको भए पनि रिपोर्ट आएको छैन ।

यस्तै प्रकृतिको घटना चार वर्ष अघि निर्मला पन्तको पनि भएको थियो । तर सो घटनामा अहिले सम्म संलग्नलाई पक्राउ गर्न प्रहरी सक्षम भएको छैन । यो घटनामा पनि निर्मला पन्तको जस्तै अवस्था नहोस् भन्नेमा प्रहरी निकै चनाखो थियो । त्यसैले निकै सावधानिका साथ प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । भागरथी घटनामा संलग्न दिनेश नाताले भागरथीको भाई नाता पर्ने हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता