Logo

प्रतिनिधि सभा बैठकमा आज हुँदैछ यस्तो बवाल



बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठकमा बवाल हुने देखिएको छ । आजको बैठकमा सात वटा विधेयक पेस हुने भएकाले प्रतिपक्षको उक्त विधेयक पास हुन नदिने रणनीति रहेको बुझिएको छ ।

बुधबार दिउँसो एक बजे बस्ने बैठकमा विधेयक पेशबाहेक बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु आजको बैठकमा पनि पेस हुने संसद सचिवालयले जनाएको छ ।

सोमबारको बैठकमा विपक्षी दलहरुको विरोधका बाबजुद संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस भएको थियो । सो विधेयक संविधानसँग बाझिएको भन्दै संसदबाट पारित गर्न नदिने रणनीति विपक्षी दलहरुले बनाएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहितका सांसदहरुले अध्यादेश संविधानसँग बाझिएको भन्दै यसअघि नै विरोधको सूचना दर्ता गराएका छन् । आजपनि यसबारे बवाल हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता