Logo

नेपाली काँग्रेसका नेता डा। खड्का अस्ताए



नेपाली काँग्रेसले एक नेता गुमाएको छ । पार्टीले म्याग्दीका पूर्वसभापति डा। भूपेन्द्र बहादुर खड्कालाई गुमाएको हो ।

खड्काको ८० वर्षका उमेरमा काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी बेनी नगरपालिका–८ सङ्गम चोक निवासी थिए ।

उनी अकस्मात् बिरामी परेका थिए । त्यसपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । काँग्रेस म्याग्दीका अनुसार उनी गत शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागी समेत भएका थिए ।

काँग्रेस म्याग्दीका प्रवक्ता अजय मिलन श्रेष्ठका अनुसार खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल कांग्रेस जिल्ला सभापति बनेका थिए ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष उनी जिल्लामा कुशल चिकित्सक र कानून व्यवसायीका रुपमा पनि प्रख्यात रहेका थिए ।

खड्का मुटुसम्बन्धी रोगको औ ष धि लिने गर्थे । उनका एक छोरा र एक छोरी रहेका छन् । खड्काकी श्रीमतीको २०६१ सालमा निधन भएको थियो ।

पूर्वसभापति खड्काको निधनप्रति काँग्रेसका नेता कार्यकर्ताले दुःख व्यक्त गरेका छन् । सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता