Logo

यस्तो सहमति पछि उठ्यो कञ्चनको शव, अन्त्यष्टिमा पुरै गाउँ शोकाकुल (भिडियो हेर्नुस्)



काठमाडौ । अस्पतालमा दुई महिना भन्दा बढी उपचारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्यष्टि भएको छ । आइतवार निधन भएका कञ्चनको शव उनको श्रीमती भनिएकी युवतीको घरमा लगेर आफन्तले राखेका थिए । अनिशाले कञ्चनको श्रीमती भएर हिन्दु धर्म अनुसार मान्नुपर्ने परम्परा पुरा गर्नुपर्ने माग कञ्चनको परिवारको थियो ।

सोही माग लिएर उनीहरु यति धेरै दिन देखि अनिशाको घर अगाडी आन्दोलन गर्न पुगेका थिए । तर कञ्चनको शव धेरै दिन बाहिर राख्दा विग्रन थालेपछि प्रहरीको रोहवरमा भएको सहमति अनुसार शव उठाइएको हो । मंगलवार देवघाटमा कञ्चनको अन्त्यष्टि गर्ने सहमति अनुशार अनिशाको घरवाट शव उठाइएको हो । लामो समयसम्म छोराको उपचारको लागि अस्पतालमा बसेकी आमा निधन पछि एक्लिएकी छन् ।

श्रीमानको सहयोग बिना एक्लै हुर्काएकी छोराको पनि साथ छुटेपछि कञ्चनको आमा एक्लिएकी हुन् । उनको बेहाल भएको छ । ६६ दिनको लामो बेहोसी जिन्दगीपछि कञ्चनले आइतबार अन्तिम सास फेरे । अस्पतालको आइसियुमा बोल्न र हेर्न नसक्ने अवस्थाका कञ्चनले बि ष पि ए का थिए । उनले अनिशा कुमालसँग प्रेम विावह गरेका थिए तर लगत्तै माइती पक्षको फरक ब्यवहारपछि उनले यस्तो कदम उठाएका थिए ।

पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले २ महिना यता ठूलो चर्चा पायो । काठमाडौँमा विवाह गरेर चितवन गएपछि अनिशा आफ्नै घर फर्किइन् । त्यस पछि विग्रिएको सम्बन्धले कञ्चनको इहलिला नै समाप्त गरिदियो ।

कालिका नगरपालिका–६ खोलेसिमल गुराउचौरमा प्रेम सम्बन्धमा रहेका कञ्चनलाई अनिशाको परिवारले अलग गराइ दिएको थियो । उपचारका क्रममा ६६ दिनपछि उनै २१ वर्षीय कञ्चनको भरतपुर अस्पतालमा मृत्यु भएको हो । कञ्चनको मृत्यु भएपछि मृतकका आफन्तले १७ वर्षीया अनिशाको घर घेरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता