Logo

अब यस्तो ४ तरिकाबाट बन्न सक्छ नयाँ सरकार



काठमाडौ । सर्वोच्चको संसद विघटन विरुद्धको फैसला पछि आन्दोलनरत प्रचण्ड नेपाल समुह नयाँ सरकार गठनको प्रकृयामा थिए । छलफललाई तिब्र बनाएकै बेला अदालतको आदेशपछि अब राजनीतिक समिकरण परिवर्तन भएको छ । अब संसद्मा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपा गरी चार पार्टी मात्रै रहन्छन्।

राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका एक÷एक सांसद रहे पनि राष्ट्रिय मान्यताप्राप्त दल हुन आवश्यक मत छैन। त्यसकारण उनीहरूको हैसियत स्वतन्त्रका रूपमा रहनेछ। अब संसद्को गणितमा एमाले १२१ ९प्रत्यक्ष ८० र समानुपातिक ४१०, माओवादी केन्द्र ५३ (प्रत्यक्ष ३६ र समानुपातिक १७०, कांग्रेस ६३ (प्रत्यक्ष २३ र समानुपातिक ४०० जसपा ३५ ९प्रत्यक्ष २२ र समानुपातिक १३ ) सांसद छन्।

यसो हुँदा अब संविधानको धारा ७६ ९१० अनुसार एउटै दलको बहुमतप्राप्त सरकारको नेतृत्वका रूपमा संसदमा ओली रहेनन्। ओली अब प्रधानमन्त्री कायम रहन धारा ७६ ९२० अनुसार अर्को दलको साथ लिएर मात्र प्रधानमन्त्री टिकिरहन सक्छन्। माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिए विश्वासको मत लिन अर्को साथ खोज्नुपर्ने हुन्छ। बहुमतका लागि कुल १ सय ३८ सांसद आवश्यक पर्छ। त्यो अवस्थामा चार तरिकाले सरकार बन्न सक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता